आगो ताप्ने क्रममा ८० वर्षीया वृद्धाको जलेर मृत्यु

आजभोलि

विराटनगर । जाडो छल्न आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक वृद्धाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१० लालिगुराँस चोकमा बिहीबार बिहान आगो ताल्ने क्रममा जलेर स्थानीय ८० वर्षीया देवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका अनुसार बिहीबार घरभित्रको फलामको मकलमा आगो ताप्ने क्रममा बिहान साढे ७ बजे अचानक लुगामा आगो सल्किँदा वृद्धाको जलेर मृत्यु भएको हो ।

छोरा धीरेन्द्र बिहान दूध लिन गएका र आफन्तहरू घरभित्रै भएको अवस्थामा बाहिर आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्किएको थियो ।

  • ५ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !