बैतडीमा दुई जना मृत फेला

आजभोलि

बैतडी । जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । नेपाल भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका–४ जर्गका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकोमा उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ ।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार चन्द भारतमा रोजगारी गरेर घर फर्किरहेका थिए । चन्दको मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, चार दिनदेखि बेपत्ता रहेकी  सिगास  गाउँपालिका ६ थलाकाँडाका लोकेन्द्र धामीकी  २० वर्षीया श्रीमती राधिका धामी थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेकी  छन् ।

राधिका माघ २ गते  दिउँसो  घाँस काट्न जान्छु  भनेर घरबाट निस्केकी बताइएको छ । घाँस काट्न निस्केकी उनी घर नआएपछि खोजी कार्य गर्दै जादा मृत  भेट्टिएकी हुन् ।

  • ६ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !