काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन (अछाम) जिल्ला कार्य समिति गठन भएको छ । पाँचौं जिल्ला अधिवेशनबाट झपटबहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा दिलाकुमारी साउद, तपेन्द्र साउद र दीपक पाण्डे निर्वाचित भएका छन् । यस्तै सचिवमा धुर्व विक, सहसचिवमा रमेश न्यौपाने, कोषाध्यक्षमा जौला धामी निर्वाचित भएका छन् ।
सदस्यहरूमा भूपेन्द्र बुढा, शंकर थापा, होम साउँद, नरेन्द्र बुढा, भरत शाही, नरेन्द्र वोहरा, दिल्ली रावल र कालु विक निर्वाचित भएका छन् । समितिका निवर्तमान उपाध्यक्ष हर्कबहादुर शाहीको अध्यतामा नयाँ कार्य समिति गठन भएको हो ।