बाजुरा । सुदूरपश्चि जिल्ला बाजुरामा आज दिउँसो मंगलबार गएको भूकम्पमा परेर एक जना महिलाको ज्यान गएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय जमुना रोकाया रहेको र अहिले प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ हिंडेको स्रोतले जनाएको छ ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।