अन्टार्कटिकामा फेला पारे अन्तरिक्ष चट्टान

आजभोलि

बेल्जियम । अन्टार्कटिकाको मरुभूमिबाट वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीले पाँचवटा नयाँ ‘अन्तरिक्ष चट्टानहरू’ फेला पारेका छन् र  तीमध्ये एउटा झण्डै ८ किलोग्राम (१७ पाउन्ड) छ ।

युरेकअलर्टका अनुसार यहाँ फेला परेका झण्डै ४५ हजार उल्का पिण्डहरू मध्ये यो भर्खरै पत्ता लागेको उल्कापिण्डको आकार सय वटा पिण्डभन्दा ठूलो छ ।अभियानमा सहभागी फिल्ड म्युजियम एन्ड युनिभर्सिटी अफ शिकागोका अनुसन्धान वैज्ञानिक मारिया वाल्डेसका अनुसार साना उल्कापिण्ड पनि अविश्वसनीय रूपमा मूल्यवान छन् ।

युनिभर्सिटी लिब्रे डि ब्रक्इल्सका भल्देस र भिन्सियन डिबेली, इटीएच–जुरिचकी मारिया स्होनब्याचलर र भ्रिजी युनिभर्सिटी ब्रसेलका रोगा माएडा अध्ययनमा सहभागी थिए । अनुसन्धानको नेतृत्व   भिन्सियनले गरेका थिए ।
टोलीले फेला पारेको उल्कापिण्ड अब रोयल बेल्जियम इन्स्टिच्युट अफ नेचुरल साइन्सले विश्लेषण गर्नेछ ।  अनुसन्धानकर्ताहरूले उल्का पिण्डको अवशेषहरूको पनि अध्ययन गर्नेछन् ।

यस बाहेक चार अनुसन्धानकर्ताहरूले उल्का पिण्डको अवशेषहरूको पनि अध्ययन गर्नेछन् ।  उल्कापिण्डको अध्ययनले  ब्रह्माण्डमा हाम्रो स्थानलाई अझ राम्रोसँग बुझ्न मद्दत गरेको टोलीकी सदस्य भल्देसले बताइन् ।

  • ११ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !