स्पेनका लागि नेपालका राजदूत ढकालद्वारा ओहोदाको प्रमाणपत्र पेस

आजभोलि

काठमाडौं । स्पेनका लागि नेपालकी राजदूत तथा स्थायी प्रतिनिधि डा. शर्मिला पराजुली ढकालले संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठन (युएनडब्लूटीओ) का महासचिव जुराब पोलोलिकासभिलीलाई संस्थाको मुख्यालयमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् ।

ओहोदा कार्यक्रमपछि राजदूत डा पराजुलीले युएनडब्लुटीओलाई नेपालको पूर्ण समर्थन रहेको बताउँदै विश्व पर्यटनलाई आकार दिन संस्थाले खेलेको महत्वपूर्ण भूमिकालाई प्रकाश पारिन ।

राजदूत डा. पराजुलीले नेपालमा सन् २०२३ को मार्च १५देखि १७ सम्म क्षेत्रीय प्राविधिक कार्यशाला आयोजना गरेकोमा महासचिवलाई धन्यवाद दिइन । साथै, महासचिव पोलोलिकासभिलीले नेपाल र युएनडब्लुटीओ बीचको विद्यमान सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरे ।

उनले नेपाललाई पर्यटन क्षेत्रका विभिन्न क्षेत्रमा युएनडब्लुटीओको निरन्तर सहयोग रहने आश्वासन पनि दिए । दुवै पक्षले नेपालको पर्यटन प्रवर्द्धन र प्रवद्र्धन गर्न, नेपाल र युएनडब्लुटीओबीच थप सम्भावित सहयोग क्षेत्रहरू पहिचान गर्ने विषयमा छलफल भएको थियो।

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !