भुमिकास्थानमा पाथीभरामाताको मुर्ति स्थापना, धार्मिक पर्यटक भित्र्याउने लक्ष्य

आजभोलि

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान–१०, धनचौर–सेङलेङ्गमा पाथीभरामाताको मूर्ति अनावरण गरिएको छ । १८५४ सालमा पाथिभरामाताले पाइला टेकेको किम्वदन्तीअनुसार सेङलेङ्गको टापुमा  पाथीभरा मन्दिर स्थापना गरिएको हो । योसँगै पर्यटकको भित्र्याउने लक्ष्य लिइएको छ ।

श्रीपञ्चमीको  अवसर पारेर आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी र भुमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले पाथीभरा माताको मूर्ति अनावरण गरेका हुन् ।

रायमाझीले अर्घाखाँचीको धार्मिक पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा पाथीभरा मन्दिरले महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे । भुमिकास्थान नगरप्रमुख थापाले प्रसिद्ध सुपादेउराली मन्दिर आउने दर्शनार्थीलाई ल्याउने गरि पाथिभरामाताको मूर्ति स्थापना गरेको बताए ।

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !