थारु संस्कृतिमा रमाउँदै दर्शक 

आजभोलि

काठमाडौं । नेपालगञ्जमा जारी औद्योगिक व्यापार महोत्सवमा थारु संस्कृतिमा दर्शक रमाउने गरेका छन् । प्रादेशिक औद्यौगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा थारु संस्कृति हेर्न र थारु परिकारको स्वाद लिन दर्शकको भीड लाग्ने गरेको छ ।

महोत्सवका १७ वटा कक्षमा थारुगाउँ सञ्चालन गरिएको सञ्चालक हेमन्त चौधरीले बताए । थारु गाउँमा थारु संस्कृति र खानाका परिकारको स्वाद लिन दर्शकको भीड हुने गरेको उनको भनाइ छ । महोत्सवभित्र राखिएको थारु गाउँका कक्षमा थारु परिकार सजिएका छन् । महोत्सव हेर्न आएका दर्शकको थारु परिकारको स्वाद लिन लाइन लाग्ने गरेको छ ।

थारु गाउँमा थारु परिकार घोघी, बङ्गुरका परिकार, स्थानीय जातको कुखुराको मासु, माछाका परिकार, झिङ्गे माछा, गङ्गटाका परिकार, डोकनीमा पिसेको अचारलगायत अनदिको झोल पाइने गरेको चौधरीले बताए ।

महोत्सव हेर्न आउने अधिकांश दर्शक थारु गाउँ जाने गरेकाले थारु गाउँका हरेक कक्षमा ग्राहक भरिभराउ हुने गरेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले जानकारी दिए ।

महोत्सवमा थारुको कला संस्कृतिको प्रवद्र्धनका लागि थारु गाउँ सञ्चालन गरिएको उनको भनाइ छ । पश्चिम नेपालमा औद्योगिक तथा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि नेपालगञ्जमा महोत्सव आयोजना गरिएको हो ।

गत मङ्गलबारदेखि नेपालगञ्जको सडक डिभिजन परिसरमा १५ दिनसम्म सञ्चालन हुने प्रदेशस्तरीय महोत्सवमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महासङ्घका महासचिव जीआर भुसालले बताए । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिनेगरी कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका तीन सय स्टल राखिएका छन् ।

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !