दक्षिण अफ्रिकाबाट बाह्रवटा चितुवा ल्याउँदै भारत

आजभोलि

नयाँदिल्ली । आगामी महिना भारतले दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याउने भएको छ । मध्यप्रदेशको कुनो राष्ट्रिय वन्यजन्तु निकुञ्जमा ती चितुवा राखिने छ । उक्त निकुञ्जमा हाल नामिवियाबाट ल्याइएका आठ वटा चितुवा छन् ।

भारत सरकारको चितुवा पुनः स्थापना गर्ने परियोजना कार्यान्वयन गर्न आगामी आठदेखि १० वर्षमा एक सय वटा चितुवा भारत ल्याउने सहमति दक्षिण अफ्रिकासँग भएको छ ।

दक्षिण अफ्रिकाको वातावरण मन्त्रालयका अनुसार चितुवा पुनःस्थापना भारत सरकारको प्राथमिकतामा परेको तथा स्थानीय समुदायको जीवन यापनमा राष्ट्रिय निकुञ्जमार्फत योगदान हुने भारतको अपेक्षा छ ।

सहमतिअनुसार दक्षिण अफ्रिकाले आगामी आठदेखि १० वर्षसम्म वर्सेनि १२ वटा चितुवा भारत पठाउने छ ।

 

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !