काठमाडौं । प्रदेश प्रमुख परशुराम खापुङले सहिद दिवस २०७९ को अवसरमा शुभकामना सन्देश दिएका दिएका छन् ।
सन्देशमा भनेका छन्–“नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदासम्मका विभिन्न कालखण्डमा भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने आदरणीय अमर सहिदहरूप्रति सहिद दिवस, २०७९ को अवसरमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।”
“सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्चता, स्वायत्तता र स्वशासनको अधिकारलाई सुनिश्चित गर्दै सहिदहरूको सपना साकार पार्न मन, वचन र कर्मले अविचलित रूपमा समर्पित रहन यस दिवसले हामी सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।” सन्देशमा उल्लेख गरिएको छ ।