काठमाडौं । मेगा बैंकले घर तथा गाडी कर्जा योजना ल्याएको छ । बैंकले घर निर्माण खर्चको १०० प्रतिशत सम्म कर्जा दिने गरी आकर्षक योजना ल्याएको जनाएको छ ।
घर र गाडीको कर्जा एकै पटक लिएका विषेश सुविधासमेत उपलब्ध गराउने जनाएको छ । यद्यपी बैंकले कस्तो विषेश सुविधा दिने भन्ने जनाएको छ ।
यस किसिमको कर्जाको निर्णय २४ घण्टा भित्र गरिसक्ने र ७ कार्य दिनमा कर्जा प्रदान गरिसक्ने पनि बैंकले जनाएको छ ।
बैंकले यसको ब्याजदर भने सार्वजनिक गरेको छैन ।
हलो देखि हाइड्रोसम्म नाराका साथ अगाडि बढेको मेगा बैंकले नयाँ नयाँ स्किम ल्याए आक्रमक रूपमा कर्जा लगानी गर्नेमा लागेको छ ।