चुलाचुली गुफाको संरक्षण थालियो

आजभोलि

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको आश्चर्य लाग्दो चुलाचुली गुफाको संरक्षण गर्न थालिएको छ ।

गाउँपालिकाले आर्थिक स्रोतको रुपमा जोड्न गुफाको संरक्षण गर्न लागेको हो । यो ठाउँको प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

यहाँका ढुङ्गामा रहेका देवी देवताको आकृतिसँगै ढुङ्गाको बनावट सबैका लागि अनौठो लाग्छ । डाँडामा रहेको यो स्थानको करिब दुई रोपनी क्षेत्रका ढुङ्गालाई खोलाका बगर झै कुँदिएको छ ।

दलगाउँको दिपेनीमा रहेको यो गुफाभित्र महादेवसँगै विभिन्न देवीदेवताको मूर्ति रहेको स्थानीयवासी हरिबहादुर राईले बताए । ‘‘यस ठाउँका ढुङ्गा अनौठो रुपमा देख्न सकिन्छ’’ उनले भने,‘‘ यो स्थललाई हेर्दा सबै आश्चर्य मान्छन् । यसको आफ्नै धार्मिक महत्व छ ।’’
अनौठो प्रकारको स्थान भए पनि दुर्गम तथा प्रचारप्रसार नभएका कारण यो स्थान ओझेलमा परेको उनको भनाइ थियो ।

‘‘यस्तो प्रकारका अनौठो धार्मिकस्थल कतै नहोलान्’’ स्थानीयवासी राईले भने,,‘‘हेर्न आउनेहरु यहाँको ढुङ्गाको बनावट देखेपछि अचम्म पर्छन् ।यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न सके धेरै धार्मिक पर्यटक भित्र्याउन सकिन्छ ।’’

गुफाभित्र शिवको मूर्तिसँगै हात्तीको दन्त पनि रहेको स्थानीयवासीले बताए। यहाँका ढुङ्गामा मादलसमेत बजाउन सकिने अर्का स्थानीयवासी शान्तकुमार राईले उल्लेख गरे। अहिले दैनिक हेर्न आउने मानिसको भीड लाग्ने गरेको उनको भनाइ थियो । ‘‘यो ठाउँ निकै सुन्दर र अनौठो प्रकारको छ’’ राईले भने, “अहिले आन्तरिक पर्यटक आएर दर्शन गर्ने गरेका छन् । हामी स्थानीयवासीले दैनिक पूजाआजा गर्दै आएका छौँ ।’’

गाउँपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताए ।

चुलाचुली गुफालाई पनि गाउँपालिकाको आर्थिक स्रोतको रुपमा विकास गर्ने योजना रहेको उहाँको भनाइ थियो। ‘‘हामी गाउँपालिकाको पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासमा जुटेका छौँ’’ अध्यक्ष राईले भने,‘‘ चुलाचुली गुफाको संरक्षण गरिरहेका छौँ । यसलाई हाम्रो गाउँपालिकाको आर्थिक स्रोतको रुपमा जोड्ने योजना छ । यो ठाउँ आश्चर्यजनक स्थल देखिन्छ ।’’

संरक्षण तथा सुरक्षाका लागि सो स्थान रहेको ठाउँमा पर्खाल लगाएर घेरबार तथा केही संचरना बनाउने काम भएको गाउँपालिकाले जनाएको छ ।

  • १७ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !