मन्दिर तोडफोड र भारतविरोधी भित्तेचित्र बनाइएकामा आपत्ति

आजभोलि

टोरन्टो । क्यानााडको ब्राम्पटनस्थित गौरीशङ्कर मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएकामा भारतले आपत्ति जनाएको छ ।

यहाँस्थित भारतीय महावाणिज्य दूतावासले उक्त कार्यको निन्दा गर्दै त्यसबाट क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको बताएको छ । सोमबार उक्त मन्दिरमा तोडफोडसमेत भएको थियो ।

भारत विरोधी विकृत चित्र र तोडफोडको निन्दा गर्दै महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पु¥याएको छ, हामी यसको घोर भत्र्ससना गर्दछौँ । हामीले क्यानाडाका अधिकारीहरूसँग यस विषयमा हाम्रो चिन्ता र चासो व्यक्त गरेका छौँ।”

ब्राम्पटनका मेयर प्याट्रिक ब्राउनले तोडफोडको निन्दा गरेका गरेका छन् भने क्यानाडाका अधिकारीहरूले उक्त घटनाको अनुसन्धान गरिरहेका छन् । “तोडफोडको यो घृणित कार्यको हाम्रो शहर वा देशमा कुनै स्थान छैन, सबैले आ–आफ्नो धार्मिक आस्थाको स्थानको पूजामा सुरक्षित महसुस गर्न पाउनुपर्छ,” ब्राम्प्टनका मेयरले ट्वीटरमा भनेका छन् ।

क्यानाडामा मन्दिरमा तोडफोड भएको यो पहिलो घटना भने होइन । यसअघि गत सेप्टेम्बरमा पनि क्यानडाको बिएपीएस स्वामीनारायण मन्दिरलाई क्यानाडाली अतिवादीले भारत विरोधी भित्तेचित्रले विकृत पारेका थिए ।

 

  • १७ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !