देवशीलालाई गोरखपुरबाट अयोध्या पठाइयो

आजभोलि

गोरखपुर । भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामकोमूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन् गरी पठाएको शिला गोरखपुरबाट अयोध्या पठाइएको छ । गोरखपुर मन्दिर परिसरमा विशेष हबन पूजापछि देवशिला आज गोरखपुरबाट अयोध्यातर्फ पठाइएको हो ।

धार्मिकविधि अनुसार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलगायतले गोरखपुरमा देवशिलाको हबन पूजाआज गरेका थिए । मङ्गलबार राति गोरखपुरस्थित गोरखनाथ मन्दिरमा ल्याइएका शिलालाई स्थानीयवासीले स्वागत गरेका छन् । आज बिहान गोरखपुरमा गरिएको हबनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले कालीगण्डकीको देवशिला अयोध्या पुगेसँगै नेपाल भारतबीचको सांस्कृतिकसम्बन्ध नयाँ उचाइमा पुगेको बताए ।

उनले यो कार्य सफल पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ,कांग्रेस सभापति शेरबहादुर देउवालगायत सबै शीर्ष नेताको सहयोगी भूमिका रहेको बताए ।

शिला बिदाई कार्यक्रममा गोरखनाथ मन्दिर प्राङ्गढमा स्थानीय तथा श्रद्धालुको उपस्थिति रहेको थियो । शिलाका साथ कांग्रेस नेता निधि, जानकी मन्दिरका महत्थ रामतपेश्वरदास, राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलगायत हिन्दू स्वयम्सेवक सङ्घ, विश्वहिन्दू परिषद् नेपालका पदाधिकारीको सहभागिता रहेको छ ।

धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते आइतबार शिला अयोध्यातर्फ पठाइएको थियो । शिला आज साँझ अयोध्या पुग्नेछ । त्यहाँ नेपालका तर्फबाट कांग्रेस नेता निधि र जानकी मन्दिरका महन्थ दासबाट शिला हस्तान्तरण गर्ने कार्यक्रम छ ।

  • १८ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !