छुट्टा छुट्टै स्थानमा तीन जना मृत भेटिए

आजभोलि

काठमाडौं । आज देशका विभिन्न ठाउँमा तीन जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका–६ दिपु टोल बस्ने कृष्णबहादुर दमाईको घरमा विगत तीन वर्षदेखि बस्दैआएका ७९ वर्षीय टेकनाथ खतिवडा आफ्नै ओछ्यानमा बुधबार मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी, प्रहरीका अनुसार चितवनको कालिका नगरपालिका–८ न्युरेनी बस्ने ६० वर्षीय जितबहादुर दर्लामी मगरको घरमा कालिकोट सान्नि त्रिवेणी गाउँपालिका–५ घर बताउने ४० वर्षीया देवी पन्त पनि बुधबार मृत फेला परेकी छन्।

त्यस्तै, रूपन्देहीको ओमसतिया गाउँपालिका–४ रोहिणी पुल नजिकै टुलटेक्स भवनको गल्लीमा सोही गाउँपालिका–४ बस्ने ३० वर्षीय विरेन्द्र मुसहर बुधबार मृत अवस्थामा भेटिएको प्रहरी स्रोतले बताएको छ ।

यी घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • १९ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !