नगर प्रहरीको कामबाट सबै खुसी

आजभोलि

काठमाडौं । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर प्रहरीको कामबाट सबै नगरवासी खुसी भएको बताएका छन् ।

ललितपुर महानगरबाट सेवा प्रवाहका सन्दर्भमा नगर प्रहरीले गरेका कामको श्रव्यदृष्य सामग्री प्रदर्शनीमा प्रमुख महर्जनले २६ महिना अगाडि महानगरको प्रहरी प्रमुखमा सीताराम हाछेंथुनियुक्तभएपछि महानगरमा अन्य नगर र महानगरलाई सिकाउने गरी उदाहरणीय काम भएको बताएको हो ।

“नगर प्रहरीको कामबाट सबै खुसी छन्, नगरप्रहरीमार्फत हामीले विधि पु¥याएर काम गरेका छौँ”, उनले भने । उनले नगरप्रहरीको कामले महानगरको सेवा प्रवाहलाई अत्यन्तै सहज बनाएको बताउदै प्रहरीलाई सुरक्षाका थप विधि अपनाएर काम गर्न आग्रह समेत गरे ।

महानगर उपप्रमुख मञ्जली शाक्यले नगरप्रहरीका कामले नगरवासीमा सकारात्मक धारणा विकास गरेको बताए । उपप्रमुख शाक्यले भने, “नगर प्रहरीले काम गर्दा महानगरको योजनाबमोजिम अगाडि बढ्नेछ भन्ने अपेक्षा छ । नगरप्रहरीका कामलाई थप व्यवस्थित गर्न आवश्यक नीतिगत काम गर्न तयार छौँ।”

यही पुस २ गते १०४आँै स्थापना दिवस मनाएको ललितपुर महागरले यस वर्षका लागि ‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ नारालाई केन्द्रमा राखेर सेवा प्रदान गरिरहेको छ ।

प्रदर्शनीमा सार्वजनिक पाटीपौवाको सरसफाइ, सडकका छेउछाउमा राखिएका सामग्री हटाउने, भूइँमा लत्रिएका र अव्यवस्थित तारलाई व्यवस्थापन गर्ने, जथाभावी पार्किङ गरिएका सवारीसाधन हटाउने र फुटपाथ अतिक्रमण गरी व्यापार गर्न रोक्नेलगायत नगरप्रहरीले गरेका सकारात्मक कामलाई समेटिएको थियो ।

नगरप्रहरीले जनचेतना जगाउनका लागि चेतनामूलक सन्देश प्रवाह गर्ने, नक्सापास नगरी बनाइएका अव्यवस्थित संरचना हटाउने, जथाभावी राखिएका होर्डिङ बोर्ड हटाउनेलगायतका कार्य गर्दै आइरहेको छ ।

हाल ललितपुर महानगरमा ७५ जना नगर प्रहरी कार्यरत छन् ।

  • १९ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !