भौतिक पूर्वाधार र यातायात सुधारका लागि कार्यदल गठन

आजभोलि

काठमाडौँ । सरकारले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा रहेका तमाम समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज मन्त्रिस्तरीय निर्णयमार्फत सो कार्यदल गठन गरेका हुन् । कार्यदलको संयोजकमा प्रा डा राजेन्द्रप्रसाद अधिकारी छन्। कार्यदल छ सदस्यीय छ ।

कार्यदलमा पूर्वसचिव पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि बस्याल तथा विषयविज्ञका रूपमा डा लीना गुरुङ सदस्य छन्। कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर इञ्जीनियर अर्जुनप्रसाद अर्याल सदस्यसचिव छन् ।

कार्यदललाई मन्त्रालयको कार्य जिम्मेवारीभित्रका सडक पूर्वाधार, सडक पुल, रेलवे सेवा, यातायात क्षेत्र व्यवस्थापन तथा इञ्जीनियरिङ सेवा व्यवस्थापन (इञ्जीनियरिङ काउन्सिल)समेतको कार्यविधिमा रही सुझाव प्रतिवेदन पेस गर्न भनिएको छ । कार्यदलको अवधि एक महिनाको छ ।

सेवा प्रवाहलाई चुस्तदुरुस्त, सेवाग्राहीमैत्री, प्रभावकारी, सुशासनमैत्री तथा अनियमितता, भ्रष्टाचार, चुहावट, मिलेमतो अन्त्यका लागि शून्य सहनशील हुन अवलम्बन गर्नुपर्ने नीतिगत, कार्यप्रक्रियागत र संस्थागत सुधारका विषय प्रस्तुत गर्ने म्याण्डेट कार्यदललाई दिइएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

 

  • १९ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !