राजस्व प्रशासनलाई चुस्त बनाइनुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा

आजभोलि

काठमाडौँ । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले राजस्व प्रशासनलाई चुस्त बनाइनुपर्नेमा जोड दिए ।

वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी नीतिमूलक अनुसन्धान तथा विकास संस्थाले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उनले अहिलेसम्मको अवस्थाले चालू आर्थिक वर्षमा रु ११ देखि साढे ११ खर्बसम्म मात्र राजस्व उठ्ने अवस्था देखिएकाले चुस्त बनाउनुपर्ने आवश्कता रहेको बताए ।

न्यूनतम साझा कार्यक्रममा धेरै कुराको उत्पादन गर्न ‘मेक इन नेपाल’ समावेश गरिएकाले व्यवसाय कोरल्न सहयोग गर्ने विश्वास डा खतिवडाले व्यक्त गरे । चार वर्षदेखि दुई वर्षमा सबै नेपालीलाई साक्षर बनाउने कार्यक्रम समावेश हुँदै आए पनि पूरा नभएकाले अब त्यसको सही कार्यान्वयनमा पनि उनले जोड दिए ।

खाद्य पदार्थमा केही समयमै ५० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको, हवाई दुर्घटना बढेकाजस्ता विषयलाई पनि न्यूनतम साझा कार्यक्रममा नपरे पनि थप गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य सुशील ज्ञवालीले न्यूनतम साझा कार्यक्रमका लागि पाँच वर्षमा रु ६६ खर्ब बजेट आवश्यक पर्ने बताए । पूर्वाधार कोषको निर्माण गरेर विकासका काम गर्नुपर्नेमा पनि उनले जोड दिएका थिए । सार्वजनिक खरिद ऐनमा राम्रोसँग सरोकार भएका निकायबीच छलफल गरेर संशोधन नगरेसम्म सही रुपमा कार्यान्वयन हुन नसक्ने ज्ञवालीको भनाइ थियो ।

कार्यक्रममा अर्थविद् डा डिल्लीराज खनालले संस्थागत, नीतिगत र जवाफदेहितागत समस्या समाधान गरिनुपर्ने अवस्था रहेको बताए । प्रा जीवन भट्टराईले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अर्बौँ लगानी भए पनि सोचेजसरी सञ्चालनमा आउन नसकेकाले कसरी योजना बनाइन्छ भन्नेमा समीक्षा गर्नु जरुरी रहेको बताए ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !