मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने

आजभोलि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासनका विभिन्न विधामा अनुसन्धान, जनशक्ति उत्पादन तथा नवीन अवधारणाको प्रयोगमा काठमाडौँ विश्वविद्यालयसँग सहकार्य बढाउने भएको छ ।

मन्त्रालयको नेतृत्व र विश्वविद्यालयका पदधिकारीबीचको भेटमा त्यससम्बन्धी विषयमा सहकार्य बढाउने सहमति भएको हो ।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले भूमि प्रशासनका विषयमा अध्ययन अनुसन्धान गर्नु आवश्यक भएकाले काठमाडौँ विश्वविद्यालयको सहयोग आवश्यक रहेको बताए ।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले विश्वविद्यालयबाट मन्त्रालयको सहकार्यमा जियोमेट्रिक इन्जिनियरिङ विषयमा पढाइ भइरहे पनि भूमि प्रशासन बहुविधायुक्त क्षेत्र भएको हुँदा अन्य विधामा समेत सहकार्यको सम्भावना रहेको उल्लेख गरे ।

विश्वविद्यालयका उपकुलपति भोला थापाले मन्त्रालयसँग सहकार्य गर्न इच्छुक रहेको बताए । रजिस्ट्रार अच्युत वाग्लेले विश्वविद्यालय र सरकारबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !