नेविसंघका दुई समूहबीच झडप

आजभोलि

काठमाडौं । मीनभवन क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूहबीच ढुङ्गा मुढा प्रहार भएको छ ।

प्रहरी स्रोतका अनुसार संस्थापन र इतर पक्षका दुई समूहबीच झडप भएको र त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

दुई समूहबीच ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाइएको जिल्ला प्रहरी परिसर काठमाडौंको स्रोतले जानकारी दिएको छ । ,‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’स्रोतले भन्यो ।

शेखर–गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । शेखर–पक्षका विद्यार्थी नेता धर्मराज शाहीले उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको बताए ।

  • २३ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !