महेन्द्रनगर । एक बालिकाको हत्यापछि महेन्द्रनगर बजार तनबाग्रस्त बनेको छ । भीमदत्त २ घर भएकी १३ वर्षिया निर्मला पन्तको शुक्रवार हत्या भएको थियो । उनको शब नजिकैको उखुवारीमा अर्धनग्न अवस्था रहेको उनको आफन्तले जानकारी दिए ।
साथीको घरमा गृहकार्य गर्न गएकी पन्त घर फर्कदा बाटोमै उक्त् घटना भएको जनाइएको छ ।
घटना भएको २ दिन वितीसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै आफन्तले बजार बन्द समेत गराएका छन् । हत्यारा पत्ता लगाउन स्थानीय ठाउँ ठाउँमा टायर बालेर प्रर्दशन समेत गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार २ जनालाई पक्राउ गरिएको जनाइएको छ । तर मृतकका आफन्तहरुले भने पक्राउ गर्ने छोड्ने कार्य भइरहेको आरोप लगाएका छन् ।
आक्रोसित स्थानीय प्रहरीबीच झडप समेत भएको छ । यसरी हत्याराको पत्ता लाग्न नसक्दा महेन्द्रनगर तानवपूर्ण बनेको छ ।