पूर्व सांसद एवं कांग्रेस नेता घलेको निधनप्रति दुःख व्यक्त

आजभोलि

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वसांसद कर्मा घलेको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस मनाङका महासमिति सदस्य घलेको आज दिउँसो उपचारको क्रममा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ५९ वर्षको उमेरमा निधन भएको हो ।

उनको निधनप्रति कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज शोक विज्ञप्तिमार्फत उनको असामयिक गरेका छन् । नेता घले लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए

स्व घले २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य थिए । नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा सदैव सक्रिय भूमिका निर्वाह गर्दै आएका नेता घले शालिन एवं सरल व्यक्तिको रुपमा परिचित थिए ।

उनी कांग्रेसको विभिन्न तहमा रहेर पार्टी सङ्गठन, विस्तार एवं सुदृढीकरणमा सदैव क्रियाशील रहँदै आएको पार्टी कार्यालयले जनाएको छ । विश्वभर फैलिएको कोभिड–१९ महामारीको समयमा उनले नेपाल सरकारलाई करिब सवा करोड बराबरको स्यानिटाइजर सहयोग उपलब्ध गराएका थिए । नेता घलेको निधनले कांग्रेस एवं सामाजिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ ।

  • २४ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !