विपद्को जोखिममा रहेका बस्तीको नक्साङ्कन

आजभोलि

काठमाडौं । नेपालगञ्जमा भूकम्पलगायत प्राकृतिक विपद्को जोखिममा रहेका बस्तीको भौगोलिक सूचना प्रणाली (जिपिएस) मार्फत नक्साङ्कन गरिएको छ । नेपालगञ्ज उपमहानगर–३ र ७ का बस्तीको जिपिएस विधिबाट नक्साङ्कन गरिएको नेपाल रेडक्रस सोसाइटी बाँकेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार, युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन वुमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोग र सिडिएमको सहभागितामा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाअन्तर्गत भूकम्प, बाढी, आगलागीलगायत विपद्बाट जोखिमयुक्त बस्तीको नक्साङ्कन गरिएको हो ।

नेपाल रेडक्रसका बाँके जिल्ला शाखाका सभापति गोवद्र्धनसिंह सम्झनाले विपद्सँग जुध्न पूर्वतयारीका लागि जोखिमयुक्त बस्तीहरुको सूक्ष्म तरिकाले अध्ययन गरेर नक्साङ्कन भएको बताए । “कुन बस्ती के कारणले जोखिममा छ ? कुन सुरक्षित छ ? कहाँ घना बस्ती छ ? कहाँ साँघुरो गल्ली भएकाले दमकल र एम्बुलेन्स जान सक्दैन भन्नेबारे नक्साङ्न भएकाले यसैको आधारमा विपद् व्यवस्थापन गरिनेछ”, उनले भने ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रशान्त विष्टले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि स्रोत नक्साङ्कन अति नै जरुरी रहेको जनाउँदै यसले विपद्सँग जुध्न सहज हुने बताए । नक्साङ्कनलाई अन्तिम रुप दिएपछि नेपालगञ्ज उपमहानगरपालिका, सरोकारवाला निकाय र सङ्घसंस्थालाई हस्तान्तरण गरिने परियोजनाको योजना रहेको प्राविधिक अधिकृत नरेश निदालले जानकारी दिए ।

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !