अर्थ जङ्ग शाही
काठमाडौं । अनेरास्ववियु आरआर क्याम्पस कमिटीको संयोजक लोकेश खड्कालाई चयन गरिएको छ । वुधबार बसेको पूर्ण पदाधिकारीको बैठकले खड्कालाई संयोजकमा चयन गरेको अध्यक्ष मदन भण्डारीले जानकारी दिए ।
भण्डारी क्याम्पस जिल्ला कमिटीको सचिव रहेकाले उपाध्यक्ष खड्कालाई संयोजकको जिम्मेवारी प्रदान गरिएको हो । आरआर क्याम्पसको स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययरत खड्का विद्यार्थीमाझ निक्कै प्रिय नेता हुन् ।
खड्काको संयोजकत्वमा अनेरास्ववियुले थप उचाई हात पार्ने अपेक्षा गरिएको छ । त्यस्तै, बैठकले अनिल बोहोरा र विजन रेग्मीलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरेको छ ।
विद्यार्थी माझ लोकप्रिय उम्मेदवार लोकेश चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापतिको दाबेदार पनि हुन । विद्यार्थीका रहेक मुद्धामा सक्रिय खड्का संगठन विस्तार देखि विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भुमिमा खेल्दैं आएका छन् । क्याम्पसमा रहेका समस्यामा अग्रसर भइ विद्यार्थीका समस्या समाधानका लागि रात दिन नभनि खटिने खड्का सभापतिको सक्षम उम्मेदावरको रुपमा लिइएको छ ।