पर्यटक आकर्षित गर्न भ्यूटावर

आजभोलि

झापा । विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण गरिएको छ ।

शिक्षासेवी जयनारायण ढुङ्गानाले बिर्तामोड–२ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गरेको श्रीजय ड्रिमल्याण्ड उद्यानमा रु एक करोडको लगानीमा भ्यूटावर बनाएका हुन् । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको यो भ्यूटावर र उद्यानले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना रहेको स्थानीय विजय बराल बताउँछन् ।

चार दशकअघि जिल्लाकै पहिलो कनकाई अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय स्थापना गरेका शिक्षासेवी ढुङ्गाना पछिल्लो समय पर्यटकीय उद्यान निर्माणमा जुटृका हुन् । सो उद्यानमा लिची, आँप, अम्बालगायत फलफूलका बोट हुर्किएका छन् । घुमफिरका लागि आउने पर्यटकले बगैँचामा ताजा फलफूल किनेर खान पाउनुका साथै दृश्यावलोकन गर्न सक्नेछन् ।

ढुङ्गानाले विगत छ वर्षेदेखि उद्यान निर्माण गर्न थालेका हुन् । “पैसा कमाउने उद्देश्यले होइन, समाजलाई शिक्षा दिने र पर्यावरणलाई स्वच्छ बनाउने सोचले उद्यान बनाएको हुँ”, उनले भने। उनले उद्यानभित्र निर्माण गरेको नौतले भ्यूटार एक सय नौ फिट अग्लो छ । यहाँबाट झापाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ । टावरको आठ तलासम्म सपिङ कम्प्लेक्स सञ्चालनको तयारी छ ।

उद्यानमा आन्तरिक पर्यटक आउन थालिसकेका छन् । उद्यानमै सेमिनार र वनभोज कार्यक्रम गर्न सकिने व्यवस्था गरिएको छ । रु तीन करोडको लागतमा उद्यान निर्माण गरिएको हो । उद्यानमा स्विमिङ पुल, रिसोर्ट, फुटसल खेल्ने व्यवस्था गर्न लागिएको छ । “उद्यानमा प्रत्येक वर्ष ‘लिची महोत्सव’ गरिँदै आएको छ”, उनले भने ।

  • २६ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !