काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड कर्मचारी, ग्राहक र उनीहरुका परिवारले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडमा विभिन्न स्वास्थ्य सेवा र सुविधा पाउने भएका छन् ।
मेगा बैंक नेपाल लिमिटेड र अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएसँगै यस्तो सुविधा पाउने भएका हुन् ।
मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ग्राण्डी अस्पतालका व्यापार तथा बजार प्रमुख प्रतीक तिवारीबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार मेगा बैंकका ग्राहकहरुले १५ सय रुपैयाँ तिरेर ११ वटा स्वास्थ्य सेवाको प्याकेज पाउने छन् । प्याकेजमा सीबीसी, ब्लड सुगर फास्टिङ, सम्पूर्ण कोलेस्टोरेल, क्रेटेनाइन, पिसाब जाँच, एसजीओटी, एकजीपीटी, छातिको एक्सरे, इसीजी, चिकित्सक परामर्श र रजिष्ट्रेशन कार्ड रहेका छन् ।
यस्तै मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले उपचारमा साँढे ७ प्रतिशत छुट पाउने भएका छन् ।