‘ढकमक्क फूलको बगैँचाले आनन्द दिन्छ’

आजभोलि

काठमाडौं । विगत १० वर्षदेखि सङ्घीय संसद् सचिवालय भित्रको काम छोडेर फूलबारीको स्याहार सुसारलाई रोजे वसन्त गिरीले ।

चावाहिल स्थायी ठेगाना भएका उनले फूलबारीको मोहले आफूखुसी काम परिवर्तन गरेको बताए । तीन वर्षसम्म कार्यालय सहयोगीका रुपमा सेवारत उनी सचिवालयमा करार सेवाको कर्मचारी हुन्।

वातावरण अनुकूलको फूलहरुको विरुवा माग गरी केही बिरुवा नर्सरीबाट त केही फूलबारीकै परिसरमा हुर्काउने गरेको उनि बताउछन् । उनि भन्छन् “ ढकमक्क फूलको बगैँचाले आनन्द दिन्छ । ”

उनका साथमा अन्य नौजना कर्मचारी सेवारत छन् । बगैँचाले सचिवालय परिसरको शोभालाई आकर्षण बनाइरहेको छ । जाडोयाममा पिटुनिया, बाघमुखी, डेन्थस, सिनोरिया लगायतका फूल र गर्मीयाममा जिनिया, पिताम्बर, लाहुरे लगायतका फूलका विरुवा लगाउँदै आएको उनि बताउछन् ।

उनिजस्तै फूलबारीको स्याहारसुसारमा आबद्ध रहेका ललितपुर गोदावरीका केशव खड्का तीन वर्षदेखि सोही काममा संलग्न रहदैँ आएका छन्। फूलबारीको काम प्रति आफ्नो सम्मान र सन्तुष्टि रहे तापनि समाजको हेर्ने दृष्टिकोण फरक रहेको उनको गुनासो छ । फूलबारीको काममा रहँदा आमा गुमाउनुको पीडालाई पनि भुलेको र कामप्रति रमाइरहेको उनि बताउछन् ।

यसैगरी काठमाडौँ बल्खु बसोबास गर्दै आउनुभएकी ललितादेवी पासमान पनि बगैँचामा कार्यरत छिन् । तीन वर्षदेखि सो सेवा सुरुआत गरेकी उनि कामको सिलसिलामा रहँदा फुलिरहेका फूलले समूहको परिश्रमको सार्थकता र व्यक्तिगत पीडालाई भुलिदिने बताउछिन् ।

ललितादेवी जस्तै सचिवालय परिसरमा फूलबारीको गोडमेल गर्दै आएका प्रेम जिसी भने पहिलादेखि फूलबारी स्याहारसुसारमा काम गरेकि छन् । “मलाई बगैँचामा काम गर्दा आनन्द लाग्छ । ”, उनि भन्छिन् । सानैदेखि सङ्र्घष गर्दै आएकाले काममा थकान भन्ने महसुस नगर्ने उनि बताउछिन् । नर्सरीका फूललाई अनुकूल तापक्रम, मल, पानी ठीक मात्रा दिएर कठिनाइपूर्वक जोगाउन धौधौ पर्ने उनको भनाइ छ ।

उनिहरुको फूलहरु जोगाउन बढी हेरचाहको आवश्यकता रहेको भनाइ छ । मकवानपुर स्थायी गोमा घलाए डेढ वर्षदेखि सोही काममा कार्यरत छन् । सहकर्मीहरुको सहयोगात्मक वातावरणमा काम गर्दा कुटो कोदालो बोक्दा पनि त्यति कठिनाइ नभएको र सोही निरन्तरता दिने उनि बताउछिन् ।

सानोठिमी बस्दै आएकी कल्पना उमागाइँ भने त्यो समूहमा नयाँ हुनुहुन्छ । उनले एक महिना अघिबाट मात्र काम सुरु गरेकी थिइन् । “फूलबारीको काममा रुचि छ ।”

  • २७ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !