अर्थ जङ्ग शाही
बझाङ । बझाङको थलारा गाउँपालिका–९ मा बाघले १० वटा बाख्रा मारेको छ । बाघले बिहीवार दिउँसो स्थानीय जगत विष्टले पालेका दश वटा बाख्रा मारेको हो ।
जयपृथ्वी नगरपालिका वडा नम्बर ५ को नाउली नवादेउ सामुदायिक वनमा चराउन लगेका बाख्रा बाघले मारिदिएको विष्टले बताए । विष्टको झन्डै २ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
झन्डै १२ वर्ष भारतमा रोजगारी गरेर फर्किएका विष्टले २२ वटा बाख्रा पाल्दै आएका थिए । बाघले १० वटा बाख्रा मारेपछि ऋण निकालेर गाउँमै कालीका बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर व्यवसायी सुरु गरेका थिए। तर बाघले एकै दिन १० ओटा बाख्रा मारेपछि विष्ट चिन्तामा परेका छन् ।