सडक सञ्जालले जोडिएपछि मलम्पारवासी हर्षित

आजभोलि

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको दुर्गम बस्ती मल्कबाङको मलम्पार सडक सञ्जालले जोडिएको छ ।

अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यसवर्ष विस्तार गरी मलम्पार बस्तीमा पु¥याइएको हो । सडक सञ्जालको पहुँच जोडिएपछि स्थानीयवासी हर्षित भएका छन् । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाबाट रु २५ लाख र गण्डकी प्रदेश सरकारमार्फत विनियोजित रु १० लाखबाट मलम्पारमा सडकको ट्याक निर्माण गरिएको वडा नं ५ का वडाध्यक्ष अमर छन्त्यालले जानकारी दिए ।

उनका अनुसार मलम्पार पुगेको सडक विस्तार गरी वडा नं ६ मराङको बुलसम्म जोड्ने तयारी गरिएको छ । सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङसम्मको करिब साढे एक घण्टाको बाटो २० मिनेटमै छोटिएको छ । करिब एक सय ५० घरधुरीको बसोबास रहेको मलम्परा गाउँवासीलाई दैनिक उपभोग्य बस्तु ढुवानी गर्न र सदरमुकाम, वडा कार्यालय तथा र गाउँपालिकाको कार्यालय पुग्न समेत सहज भएको छ ।

सडक पुगेपछि दुर्गम गाउँलाई सडकको पहुँचले सुगम बनाएको स्थानीय देवी छन्त्यालले बताए । ‘पहिले स्वास्थ्य सेवा लिन पनि घण्टौँ हिँडेर वडा कार्यालय रहेको मल्कबाङ पुग्नुपथ्र्यो, अहिले बिरामी भएमा गाडीबाट केही मिनेटमै स्वास्थ्य चौकी पु¥याउन सकिने भएको छ, सडक आएसँगै गाउँमा विकासको अनुभूति पनि भएको छ’उनले भने । मल्कबाङको दैडाँडादेखि साढे दुई किलोमिटर लामो सडक निर्माण भएपछि मलम्पार पनि सडक सञ्जालले जोडिएको गाउँपालिकाका सवइञ्जिनीयर जनक धानुकले जानकारी दिए ।

उनका अनुसार मलम्पारदेखि वडा नं ६ को बुलसम्म जोड्न धमाधम खडक निर्माणको काम भइरहेको छ । करिब तीन किलोमिटर दूरीमा अब जम्मा एक किलोमिटर मात्रै सडकको ट्र्याक खन्न बाँकी छ । मलम्पार र बुल सडक सञ्जालले जोडिएमा वडा नं ६ को मराङ–राम्चे–बुल तथा वडा नं ५ को मलम्पार–मल्कबाङहुँदै मराङबेँसी जोड्ने चक्रपथ निर्माण हुनेछ ।

  • २९ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !