डडेल्धुराका दलित बस्तीमा धारा छ पानी छैन

आजभोलि

डडेल्धुरा । डडेल्धुराका दलित बस्तीमा खानपानीको अभाव हुन थालेको छ । लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानी अभाव भएको हो ।

अमरगढी–६ छचोडा गाउँमा पुराना जीर्ण खानेपानी योजना हुनु, लामो समयसम्म अकासको पानी नपर्नु तथा मौसम सुख्खा हुनु जस्ता कारणले खानेपानीको अभाव भएको हो । यहाँ दुई सय ५० घरधुरी छन् ।

यहाँ वि।सं २०४२ सालमा खानेपानी योजना पुगेको थियो । चार वर्ष अगाडि पनि खानेपानीका लागि घरघरमा धारा निर्माण भएका थिए । तर पुराना योजना जीर्ण हुँदै जानु र नयाँ योजना बजेट अभावका कारण सम्पन्न नहुँदा पानीको अभाव भएको वडा नं ६ का वडाध्यक्ष केवी ताम्राकारले बताए । “अहिले गाउँमा नयाँ धारा छन् तर पानी आउँदैन”, अध्यक्ष ताम्राकारले भने।

गाउँमा नयाँ धारा बने पनि पानी नआएपछि धारा जीर्ण बनेका स्थानीय बताउछन् । २०७६ सालमा पनि अमरगढी नगरपालिकाले रू पाँच लाखको लागतमा १० वटा धारा बनाएको थियो ।

छ किलोमिटर टाढाबाट पानीको पाइप विच््याई गाउँमा पानी पु¥याइए पनि मुहान टाढा भएकाले स्थानीयवासीले ठाउँठाउँमा पाइप काट्दा नियमित पानी वितरणमा समस्या देखिएको वडाध्यक्ष ताम्राकारको भनाइ थियो ।

पूर्व वडाध्यक्ष गोविन्दराज भट्टले २०४८ सालमा निर्माण गरिएको खानेपानीको लाइन ट्याङ्की मर्मत गरी पानी सञ्चालन गरिएको जानकारी दिए । “स्थानीयवासीले आफूलाई पायक पर्ने ठाउँमा पाइप काट्ने गरेको र लाइनको मर्मत नहुँदा धारामा निरन्तर पानी सञ्चालन हुन नसकेको हो”, उनले भने।

दुमडा, सिमल, भोजनेउटा गाउँ हुँदै पानीको पाइप लाइन छचोडा गाउँ पु¥याइएको छ । उनले भने, “कहिले दुमडा, कहिले, सिमल र कहिले भजनेउटा गाउँवासीले पाइपलाईन काटिदिँदा नियमित पानी वितरणमा समस्या भएको हो ।” खानेपानीको व्यवस्थापनका लागि आवश्यक बजेटको माग गरे पनि हालसम्म व्यवस्था हुन नसकेको अध्यक्ष ताम्राकारले बताउ ।

स्थानीयवासी न्वला तथा अन्य खोलाको फोहरपानी प्रयोग गर्न बाध्य छन् । सरकारी कार्याललयहरुका लागि दैनिक ट्याङ्कर पानी ढुवानी गरिन्छ । न्वला खोलामा पनि पर्याप्त पानी नहुँदा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ ।

खेलामा पर्याप्त पानी नहुँदा परिवारको एकजनाको काम दिनभर पानी भर्न ठिक्क हुने स्थानीय जयन्ती ताम्राकारले बताए । खानलाई धौधौ गरी पानी पुगाए पनि लत्ताकपडा धुन, सरसफाइ गर्न समस्या हुने गरेको उहाँको भनाइ छ । “चुनावका बेला खानेपानीको व्यवस्था गर्ने, घरघरमै धारा बनाउने आश्वासन नेताहरुले दिए पनि चुनाव सकिएपछि समस्या समाधान भएको छैन”, स्थानीय ताम्राकारले गुनासो गरे ।

गर्मीयाम बढ्दै गर्दा दूषित पानीका कारण रोगको सङ्क्रमण बढ्ने खतरा छ । छचोडासगैंँ, अमरगढीका लटाउली, खन्मडा, मालम, हाट, तिलाडीलगायत नवदुर्गा गाउपालिकाका केही गाउँ र अजयमेरुका केही बस्तीमासमेत पानी अभाव हुने गरेको स्थानीय बताउँछन् ।

 

  • २९ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !