सात महिनामा १० हजारले लिए राहदानी

आजभोलि

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बाट चालु आर्थिक वर्ष २०७९/८० को पछिल्लो सात महिनाको अवधिमा करिब १० हजार व्यक्तिले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत साउनदेखि माघसम्म करिब १० हजार जनाले राहदानी लिएका हुन् ।

रामग्राम नगरपालिकाअन्तर्गत सुरक्षित आप्रवासन सामी परियोजनाका अनुसार वैदेशिक रोजगारलाई सकारात्मक र नकारात्मक दुवै पाटोले हेर्दा ५६ प्रतिशत घरमा रेमिट्यान्स भित्रिएको छ भने नेपालको करिब ४० लाख जनशक्ति वैदेशिक रोजगारका सिलसिलामा कुनै न कुनैरुपमा देश बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

वैदेशिक रोजगारीका कारण समाजमा सामाजिक र वैदेशिक समस्या बढ्दो रहेको परियोजनाले जनाएको छ । विगतमा महिला वैदेशिक रोजगारीबाट फर्केपश्चात् आफू वैदेशिक रोजगारीबाट फर्केको भन्नसक्ने अवस्था नरहेको, कुण्ठितरुपमा बस्नुपर्ने अवस्था रहेको भन्दै अहिले केही परिवर्तन आएको परियोजनाको निष्कर्ष छ ।

 

  • १ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !