सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअक नहुँदा सेवाग्राहीलाई सास्ती

आजभोलि

काठमाडौं । सोलुखुम्बुमा सञ्चालित पेट्रोल पम्पहरूमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । जिल्लामा हाल दुईवटा पम्प सञ्चालनमा छन् । ती दुबैमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीलाई असर परेको हो ।

सल्लेरीमा रहेको दूधकोसी आयल स्टोर्समा ब्याकअप नहुँदा विद्युत् अवरुद्ध हुने बित्तिकै इन्धन वितरण पनि ठप्प हुने गरेको छ भने सोलुदूधकुण्ड नगरपालिका–७ गार्मास्थित नमुना दूधकुण्ड आयल पम्पस्टोर्समा पनि यस्तै समस्या छ । जिल्लाको विद्युत् बारम्बर अवरुद्ध भइरहने र पम्पले विद्युत्कै कारण देखाउँदै लामो समय कुराउँदा अति आवश्यक काम गर्न समेत समस्या हुँदै आएको चालक रमेश कार्कीले गुनासो गरे ।

जिल्लामा सञ्चालित पम्पहरुमा ब्याकअपको समेत व्यवस्था नहुनु लजास्पद विषय भएको अर्का चालक मिङमार शेर्पाको भनाइ थियो । सोमबार केही समय विद्युत् अवरुद्ध हुँदा धेरै चालकहरु इन्धन भर्नकै लागि लामो समय पम्पमा कुर्न बाध्य थिए ।

सोही समस्या बारम्बर दोहोरिरहने गरेको अर्का चालक शम्भु विश्वकर्माले बताए । कतिपय अवस्थामा बिरामी बोकेको एम्बुलेन्सले समेत इमरजेन्सीमा इन्धन भर्न जानुपर्ने भएकाले सो अवस्थामा समस्या हुने एम्बुलेन्स चालकहरुको गुनसो थियो । हाल ती पम्पहरूले विद्युत् हुँदा मात्रै सेवा दिइरहेका छन् । उनीहरुले विद्युत् नहुँदा सेवाग्राहीलाई कुराउने वा रित्तो हात फर्काउने गरेको गनासो बढेपछी आफ्नो ध्यानार्कषण भएको र यस विषयमा थप छलफल गरेर अघि बढ्ने प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले प्रतिक्रिया दिए।

  • २ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !