काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सोमबार यातायात व्यवसायी र मजदुरहरुको आन्दोलनका क्रममा नयाँ बसपार्क क्षेत्रमा भएको आगजनी र लुटपाटको विषयमा प्रश्न उठेको छ । नेपाली कांग्रेसका सांसद डा. प्रकाशरण महतले उक्त क्षेत्रको घटनाको बारेमा प्रश्न उठाएका हुन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले यातायात मजदुरको जायज माग सम्बोधन गर्न आग्रह गरे । अराजक घटना घटाउने जो कोहीलाई पनि कारबाही गर्नुपर्ने उनले माग गरे ।
“नयाँ बसपार्कमा घटेको घटनाले अत्यन्त गम्भीर बनाएको छ । साना व्यवसायीहरू लुटिएका छन् । दिनदहाडै लुटपाट मच्चिएको छ र सरकारले शान्तिको प्रत्याभूति दिन सकेन,” उनले भने, “कसले घटना घटाएको हो रु मजदुरको नाममा अरू कोही प्रवेश गरेको हो ? यसको छानबिन होस् । यातायात व्यवसायीको माग पनि सम्बोधन होस् ।”
प्रमुख प्रतिपक्ष दलको प्रवक्ता समेत रहेका उनले काठमाडौंमै सुरक्षा प्रत्याभूति गराउन नसक्ने सरकारले दूरदराजमा कसरी शान्ति कायम गर्छ भन्दै प्रश्न उठाए ।