कैलाली । नागरिक उन्मुक्ति पार्टीबाट विजयी बनेका निलम्बित प्रतिनिधिसभा सदस्य अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलाली पुर्याइएको छ ।
कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाइको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो ।
२९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो ।
उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीलाई कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान लिने तयारी गरिएको छ ।
चौधरीलाई १९ माघमा बाँकेबाट पक्राउ गरिएको थियो भने २० गते कैलाली जिल्ला अदालत मार्फत कारागार चलान गरिएको थियो ।