सिद्धिविनायक उद्यानमा वनभोज जानेको भीड

आजभोलि

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकास्थित सिद्धिविनायक उद्यानमा वनभोज जानेको भीड लाग्ने गरेको छ । डुडुवा–५ नानापुरमा रहेको सो उद्यानमा अहिले दैनिकजसो विभिन्न सङ्घ संस्थामा आवद्ध र सर्वसाधारण वनभोजमा जाने गरेका छन् । लायन्स क्लब अफ नेपालगञ्ज सिद्धिविनायकका अध्यक्ष मीनबहादुर थापाले वनभोजसँगै नेपालगञ्ज, कोहलपुरलगायत राप्तीसोनारीबाट समेत स्थानीय उद्यानमा घुम्न आउने गरेका बताउनुभयो । उद्यानलाई जिल्लाकै आकर्षक पर्यटकयीस्थलका रूपमा विकास गरी बाह्य तथा आन्तरिक पर्यटक आउने वातावरण बनाउने उद्देश्यका साथ विभिन्न काम भइरहेको छ ।

डुडुवा–५ नानापुरमा रहेको बाबुकुवा सामुदायिक वन परिसरमा करिब १० हेक्टर जमिनमा सिद्धिविनायक उद्यान निर्माण गरिएको छ । नेपालगञ्ज विमानस्थलदेखि करिब तीन किलोमिटर पूर्वतर्फ डुडुवा खोला तरेसँगै दक्षिण तर्फको बाटोमा पर्ने उद्यान परिसरमा दुई कोठे शौचालय, एउटा गोलघर, सात थान विश्रामस्थल, एउटा सभा भवन एउटा बाटिका र सिद्धिविनायक लायन्स स्तम्भ निर्माण सम्पन्न भएको लायन्स क्लव अफ नेपालगञ्ज सिद्धिविनायकका पूर्व अध्यक्ष चिरञ्जीवी ढकालले बताए ।

नेपालगञ्जदेखि नजिकै प्राकृतिक सौन्दर्य रहेको सो उद्यानमा कार्यक्रम तथा वनभोज गर्दा रमाइलो हुने गरेको होटल व्यवसायी महासङ्घका केन्द्रीय सदस्य भीमलाल कँडेलले बताउनुभयो । डुडुवा गाउँपालिका वडा नं ५ ले बाटिका निर्माणमा सहयोग गरेको छ । करिव १ कठ्ठा क्षेत्रफलमा रु छ लाखको लगानीमा बाटिकाको निर्माण पूरा भएको वडाध्यक्ष झङ्कबहादुर थापाले बताए ।

नेपालगञ्ज विमानस्थलसँग जोडिएकोले पनि यो उद्यानमा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षित भएका उनको भनाइ छ । आगामी आर्थिक वर्षमा थप आवश्यक वजेट विनियोजन हुने गाउँपालिकाले जनाएको छ ।

हाल लायन्स क्लव अफ नेपालगञ्ज सिद्धिविनायकको अगुवाइमा उद्यान निर्माण भइरहेको छ । रु ८ करोड ५० लाखको गुरुयोजना बनाएर काम शुरु भएको उद्यानमा हालसम्म करिव रु ६५ लाख लगानी भइसकेको क्लवका पूर्व अध्यक्ष ढकालले जानकारी दिए ।

  • ३ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !