संरक्षण र प्रवद्र्धनका लागि भजन प्रतियोगिता

आजभोलि

काठमाडौं । हिन्दू धर्मावलम्बीको महत्वपूर्ण मानिने भजन लोप हुने अवस्थामा छ । विभिन्न पर्वमा गाइने कतिपय भजन लोपोन्मुख अवस्थामा पुगेको छ ।

भजन लोप हुन लागेकाले संरक्षण गर्न भजन प्रतियोगिता गर्न लागिएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वका अवसरमा धार्मिकस्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीमा भजन प्रतियोगिता गरिने भएको हो ।

भजनको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । “भजनको संरक्षणका लागि प्रोत्साहन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको हो”, उनले भने ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५१ हजार, द्वितीय हुनेलाई रु ३६ हजार, तृतीय हुनेलाई रु २१ हजार र सान्त्वनालाई रु पाँच हजार एक सय तथा प्रमाणपत्र प्रदान गरिने लम्सालले बताए ।

महाशिवरात्रि पर्वका अवसरमा सामूहिक व्रतबन्ध, अखण्ड दीप प्रज्वलन, शिवध्वनि पुजन र विविध धार्मिक अनुष्ठान कार्यक्रमसमेत गरिने आयोजकले जनाएको छ । साथै सोही दिन वरिष्ठ लोकदोहोरी तथा भजन गायक पुरुषोत्तम न्यौपाने र लोकदोहोरी गायिका शान्ति डोटेलको साङ्गीतिक प्रस्तुति रहनेछ ।

धार्मिकस्थलका रुपमा विकास भएको च्यवनधाम परिसरमा एक सय आठ धारा, एक सय आठ शिवलिङ्ग, एक सय आठ वरपीपल, च्यवन गुम्बा, मोक्ष कुण्ड, वासुकी नाग स्थानलगायतका संरचना रहेका छन् । शिवरात्रि, साउने सोमबार, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायतका पर्वमा यहाँ भक्तजनको आवागमन हुने गर्दछ । यहाँ मुक्तिनाथको शैलीमा मन्दिर निर्माण गरिएको छ ।

  • ४ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !