ललितकलाको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छु : कुलपति

आजभोलि

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ललितकलाको विकास तथा संवर्द्धनका लागि चारवर्षे दीर्घकालीन गुरुयोजना बनाएर अघि बढ्ने भएको छ ।

प्रतिष्ठानका पूर्वकुलपति, ललितकलाका विज्ञ तथा कलाकारहरूसँगको छलफलको निष्कर्षका आधारमा गुरुयोजना बनाई अघि बढ्ने प्रतिष्ठानका नवनियुक्त कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिए ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा कुलपतिको शपथग्रहणपछि नक्सालस्थित प्रतिष्ठान कार्यालयमा आयोजित उपकुलपति, सदस्यसचिव तथा प्राज्ञ परिषद् सदस्य र प्राज्ञसभा सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै कुलपति हार्तम्छालीले कुनै पनि पूर्वाग्रह नराखी ललितकलाको विकासमा तल्लीन भएर लाग्नेसमेत प्रतिबद्धता जनाए ।

नवनियुक्त कुलपति हार्तम्छालीले सबै पक्षलाई समेटेर प्रतिष्ठानलाई अघि बढाउने पनि बताउनुभयो । उक्त अवसरमा उहाँले समन्वयात्मक रूपमा काम गर्ने वाचा पनि गरेका छन् । उनले आजै नवनियुक्त उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’सहित प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महत्तो, सञ्जय बान्तवा र अरुणा हिङमाङलाई शपथ गराएका थिए । सो क्रममा २४ जना प्राज्ञसभा सदस्यलाई पनि शपथ गराइएको थियो ।

शपथसँगै उहाँहरूको चारवर्षे कार्यकाल पनि आजैदेखि प्रारम्भ भएको छ । गत पुस १५ गतेदेखि प्रतिष्ठानका कुलपति, उपकुलपति तथा परिषद् सदस्यलगायतको कार्यावधि सकिएर प्रतिष्ठान नेतृत्वविहीन भएकामा ४७ दिनपछि नेतृत्व पाएको हो ।

आजै नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपति, उपकुलपति, सदस्यसचिवलगायतले शपथ लिएका थिए ।

  • ४ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !