खाद्य व्यवस्था कम्पनी र दुई गाउँपालिकाबीच सम्झौता

आजभोलि

काठमाडौँ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्लाका दुई वटा गाउँपालिकासँग रैथाने बालीको सङ्कलन तथा बिक्री वितरणका लागि सम्झौता गरेको छ ।

स्थानीय तहमा उत्पादकत्व तथा क्रयशक्तिमा वृद्धि र खाद्य सुरक्षामा योगदान पु¥याउने उद्देश्यले हुम्लाको सिमिकोट र अदानचुली गाउँपालिका गरी दुई स्थानीय तहसँग समझदारी गरेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए ।

कम्पनीले यहाँ उत्पादित फापर, सिमी, चिनु, कागुनोलगायतका अग्र्यानिक खाद्यान्न बाली बजारीकरण गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी, स्थानीय प्रतिनिधि, कृषि कार्यालय, उद्योग वाणिज्य सङ्घ र गाउँपालिकाले मूल्य निर्धारण गरेपछि कम्पनीले बाली खरिद तथा बिक्री गर्नेछ ।

कम्पनीले सिमिकोट गाउँपालिकासँग कात्तिक ३ मा र अदानचुली गाउँपालिकासँग यही माघ २९ गते उक्त सम्भौता गरेको थियो । यहाँ उत्पादित खाद्यान्न बालीको बजारीकरणमा समस्या भएपछि कम्पनीले स्थानीय तहसँग सम्झौता गरी काम सुरु गरेको हो । कम्पनीका सूचना अधिकारी न्यौपानेले अन्य स्थानीय तहसँग पनि यसैगरी सम्झौता हुने जानकारी दिए ।

उत्पादक किसानको हित संरक्षण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७४÷७५ मा कर्णालीका पाँच जिल्लाबाट सिमी, फापर, उवा खरिद गरिएको थियो । समझदारी अनुसार सिमिकोट गाउँपालिकाबाट १३ क्विन्टल सिमी, १९ क्विन्टल फापर, ११ क्विन्टल चिनु र ८० केजी कागुनो प्राप्त भइसकेको छ ।

विगतमा स्थानीय तहमा उत्पादित चामल र दाल मात्रै बिक्री वितरण गर्ने कम्पनीले पछिल्लो समय अन्य बालीको बजारीकरण सुरु गरेको हो ।

 

  • ३० फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !