पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गरिनुपर्ने

आजभोलि

काठमाडौँ । पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गर्नुपर्ने निष्कर्ष निकाल्दै पर्यटन तथ्याङ्कसम्बन्धी एशिया प्रसान्त क्षेत्रीय कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ ।

विश्व पर्यटन सँगठन एनडब्लुयूटीओ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तीन दिने ‘वेटर डाटा फर वेटर टुरिजम इन साउथ एशिया एण्ड प्यासिफिक’ क्षेत्रीय कार्यशालाले एशिया प्रसान्त क्षेत्रको समग्र पर्यटन विकासका लागि रणनीतिक कार्यक्रम अगाडि बढाउने भएको हो ।

कार्यशालामा नेपाल, भारत, बङ्गलादेश, मलेशिया, माल्दिभ्स, इन्डोनेसिया, इरान, फिलिपिन्स, कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेनलगायत ११ देश प्रतिनिधि सहभागी थिए ।

कार्यशालाको आज समापन गर्दै पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले पर्यटन क्षेत्रको सङ्ख्यात्मक तथा गुणात्मक विकासका लागि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने बताए । उनले कार्यशालामा भएका छलफल र यसबाट निस्केको निश्कर्षले एशिया तथा प्रशान्त क्षेत्रको पर्यटनलाई नयाँ गति दिने आशा व्यक्त गरे ।

संयुुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व पर्यटन सङ्गठनका बाह्य सम्वन्ध निर्देशक बेका जकेलीले कुनै पनि नीतिका लागि तथ्याङ्कको भूमिका महत्वपूर्ण हुने र पर्यटन विकासका लागि भनै अपरिहार्य भएको बताए । उनले हरेक देशलाई सही विधि, प्रक्रिया, धेरै स्रोतबाट, तथ्याङ्क सङ्कलन गरी त्यसको विश्लेषण गरी स्याटेलाइट अकाउण्ट तयार पार्न आग्रह गरे ।

बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले कार्यशालामा पर्यटनका विभिन्न आयाम गहन छलफल तथा पर्यटन तथ्याङ्कका विषयमा विभिन्न देशका अनुभव आदान प्रदानले पर्यटनको लागि नयाँ दृष्टिकोण तयार हुने विश्वास व्यक्त गरे ।

तीन दिवसीय कार्यशालामा पर्यटनसँग सम्बन्धित विभिन्न छलफलमा एक दर्जन बढी कार्यपत्र प्रस्तुतिकरण गरिएको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

  • ३ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !