‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन

आजभोलि

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय र आधारभूत विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगितामा सरस्वती मावि अर्खौले र बुलापन्थे मावि धितुङ प्रथम भएको छ । नगरपालिकाभित्रका ११ वटै वडामा सञ्चालित कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि अन्तर विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो । यसमा विजेता विद्यालयबीच दुर्छिम माध्यमिक विद्यालयको प्राङ्गणमा नगरपालिकाले हाजिरी जवाफ प्रतियोगिता गराएको थियो ।

कक्षा ५ सम्मका विद्यार्थीको हाजिरी जवाफमा बुलापन्थे मावि धितुङ प्रथम हुँदा जगदम्बा मावि महादेवस्थान दोस्रो र जनता मावि सल्ले तेस्रो भएका छन् । नगरपालिकाभित्रका १२ वटै माविका कक्षा ६ देखि १० सम्मका विद्यार्थीबीच भएको प्रतियोगितामा सरस्वती मावि अर्खौले प्रथम, महेन्द्रदोय मावि महादेवस्थान दोस्रो र बुलापन्थे मावि धितुङ तेस्रो भएका छन् ।

कक्षा ५ सम्मका विद्यार्थीबीच गराइएको हाजिर जवाफ प्रतियोगितामा प्रथम हुने बुलापन्थे मावि धितुङ र कक्षा १० सम्मका विद्यार्थीबीच भएको हाजिर जवाफ प्रतियोगितामा प्रथम हुने सरस्वती मावि अर्खौलेलाई हौसलास्वरुप नगद रु ५०–५० हजार प्रदान गरिएको नगरपालिकाले जनाएको छ । कक्षा ११ र १२ का विद्यार्थीका लागि ‘हाम्रो सपना समृद्ध हलेसी तुवाचुङ नगरपालिका’ शीर्षकमा बत्तृत्वकलामा प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

प्रतियोगितामा च्यास्मिटार माविका मेनुका राई प्रथम, महेन्द्रोदय मावि हलेसीका नमराज मगर दोस्रो, जनता माविका मनिषा पौडेल तेस्रो र ज्योति माविका रमेश कार्की चौथो भएका छन् । विजेता विद्यार्थीलाई क्रमशः रु सात हाजर, छ हजार र पाँच हजारका दरले नगदसहित प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाका शिक्षा शाखा संयोजक पदमबहादुर कार्कीले बताए ।

नगरपालिकाको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थी र विद्यालयको वास्तविक क्षमता मापन भएको छ । पाठ्यक्रमलाई समेटेर विषयगतबाट ८० प्रतिशत र सामान्य ज्ञानबाट २० प्रतिशत प्रश्न सोधिएको नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा विजयी विद्यालय तथा विद्यार्थीलाई नगरप्रमुख विमला राई र उपप्रमुख रमेश राउतले संयुक्तरूपमा पुरस्कार प्रदान गर्नुभएको छ । सामाजिक विकास संयोजक एवं १ नं वडाका वडाध्यक्ष रुद्रकुमार राईको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठी, वडाध्यक्ष, प्रधानाध्यापक, व्यवस्थापन समिति अध्यक्षलगायतको उपस्थिति थियो ।

  • ५ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !