संसारीमाईको पूजा जेठ २६ मा

आजभोलि

जलेश्वर । अनादिकालदेखि आस्थाको केन्द्र मानिएको महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित प्रसिद्ध शक्तिपीठ संसारीमाईको पूजा आगामी जेठ २६ मा हुने भएको छ । प्रत्येक पाँच वर्षको अन्तरालमा हुने संसारीमाईको पूजा यसपाली २०८० साल जेठ २६ गते शुक्रबारको दिन हुने भएको संसारीमाईको पूजारी (धामी) महेन्द्र मुखियाले जानकारी दिए ।

जलेश्वर नगरपालिका–१ मा अवस्थित संसारीमाईलाई विशेषरुपमा आह्वान गरी आज बिहान धामी महेन्द्र मुखियाको आँगनमा बसेको पूजासम्बन्धी विशेष बैठकमा संसारीमाईको पूजा आउँदो असार कृष्णपक्ष षष्ठी तिथि जेठ २६ गते शुक्रबारको दिन हुने भएको सूचना जारी गरिएको हो ।

जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, वडा नं १ का वडाध्यक्ष अनिल कुमार झा, वडा नम्बर –२ का वडाध्यक्ष बरुणकुमार दाहाल, वडा नं ६ का वडाध्यक्ष रवीन्द्रप्रसाद साह, भूतपूर्व नगरप्रमुख रामशङ्करप्रसाद साह, वडा नं १ का भूतपूर्व वडाध्यक्ष अशोककुमार साहसहित नगरका प्रबुद्ध एवं अगुवासहितको उपस्थिति एवं सहभागितामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि संसारीमाईको पूजा विक्रम सम्वत् २०७५ वैशाख २१ गतेको दिन भएको थियो । जलेश्वर नगरमा हुने संसारीमाईको पूजामा लाखौँको सङ्ख्यामा नेपाल तथा भारतका श्रद्धालु एवं दर्शनार्थी सहभागी हुने गर्दछन् भने हजारौँको सङ्ख्यामा बलि प्रदान गर्ने गरिन्छ । सो क्रममा जलेश्वर नगरक्षेत्रभित्र बस्ने प्रत्येक नगरवासीले संसारीमाईलाई बलि प्रदान गर्ने परम्परा छ ।

सुरुमा माता संसारीलाई पाँच जीवको पञ्चबलि चढाइन्छ भने त्यसपछि उहाँलाई आस्था र गक्ष अनुसार भक्तजनले मूसो, परेवा, हाँस, कुखुरा, बोका, सुङ्गुर, बङ्गुर र अन्त्यमा राँगा बलि गरिन्छ ।

संसारीमाईको पूजा कहिलेदेखि सुरु भएको हो भन्ने कसैलाई थाहा छैन । सुरु सुरुमा संसारीमाईको प्रत्येक १२ वर्षमा पूजा हुने गरेको थियो । त्यसपछि प्रत्येक सात वर्षमा भयो भने प्रत्येक पाँच वर्षको अन्तरालमा हुँदै आएको छ ।

आज पूजाको तिथिमिति निर्धारण भइसकेर जनहितमा सूचना जारी गरिसकिए पनि पूजासम्बन्धी समिति निर्माण र चन्दा सङ्कलन तथा पूजा तयारी एवं व्यवस्थापनसम्बन्धी कुरापछि निर्धारण गरिने भएको वडा नं १ का वडाध्यक्ष अनिलकुमार झाले बताए।

जलेश्वरमा यस पूजाको दिन ठूलो मेलासमेत लाग्छ । मेलामा करिब रू एक करोड खर्च हुने अनुमान गरिएको छ ।

  • ५ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !