रासनकार्डमा भएको अनियमितताबारे अध्ययन गर्न समिति गठन

आजभोलि

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, शाखा कार्यालय सिमकोटले रासनकार्डमा अनियमितता गरेको पाइएको भन्दै छानबिन गर्न समिति गठन गरेको छ । रासनकार्डमा परिवारको सङ्ख्या बढी उल्लेख गरिएको पाइएपछि छानबिनका लागि समिति गठन गरिएको हो ।

सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजीर रोकायाको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घको प्रतिनिधि सदस्य रहने छन् ।

सिमकोट गाउँपालिका वडा नं ५ र ६ क्षेत्रमा वितरण गरिएको रासनकार्डमा परिवारको सङ्ख्या बढी उल्लेख गरेको पाइएपछि छानबिन समिति गठन गरिएको शाखा कार्यालयका निमित्त प्रमुख नवीन आचार्यले बताए ।

हाल सिमकोट बजारमा आठ सय ४६ रासनकार्ड वितरण गरिएको छ । “एउटै रासनकार्डमा आठदेखि दश जनासम्म परिवार सङ्ख्या उल्लेख गरी खाद्यान्न लिने गरेको पाइएपछि यथार्थ छानबिन गर्न लागिएको हो”, आचार्यले भने, “रासनकार्डमा भएका प्रत्येक सदस्यले अधिकतम पाँच केजी खाद्यान्न पाउने व्यवस्था छ ।”

  • ५ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !