एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

आजभोलि

काठमाडौँ। चितवन जिल्लाको दुई पालिकामा एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतबार यहाँ आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रहेका दुई सय ८९ अपाङ्ग बालबालिकामध्ये एक सय ३९ विद्यालय जान नपाएका हुन् । भरतपुरमा अपाङ्गता भएका बालबालिका एक सय दुई र कालिकामा ३७ विद्यालय बाहिर छन् ।

भरतपुरभित्र ५० र कालिकामा १९ बालबालिका जटिल प्रकारको अपाङ्गता भएको पाइएको कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घकी शर्मिला तामाङले जानकारी दिए । उनीहरुलाई घरमा नै गएर सेवा दिइँदै आएको उनले बताए ।

इन क्लुसिभ फिउर्चस परियोजनाले दुई पालिकामा दुईवटा स्रोत केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरको बालकुमारी माध्यमिक विद्यालय र कालिकाको रेडक्रस चोकमा केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरमा अहिले तीन र कालिकामा नौ बालबालिका केन्द्रमा छन् ।

अटिजम केयर चितवन सोसाइटीकी प्रमिला न्यौपानले जिल्लामा अटिजम भएका पाँच सयभन्दा बढी बालबालिकाको अभिभावक सम्पर्कमा आएको जानकारी दिए । उनीहरुमध्ये तीन सय हाराहारी भरतपुरभित्रका छन् । विश्वमा जन्मने ४४ बालबालिकामध्ये एक जनामा अटिजमको समस्या देखिने गरेको उनले जानकारी दिए । भरतपुरले सञ्चालन गरेको अटिजम विद्यालयमा अहिले ३१ बालबालिका अध्ययन गर्दै आएका छन् ।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !