पशुचौपायामा ‘लम्पी स्कीन’ को सङ्क्रमण

आजभोलि

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ । गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा यो रोगको सङ्क्रमण फैलिएको हो ।यी वडाका करिब ६० पशु चौपायामा यो रोगको सङ्क्रमण फैलिएको गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउँदले जानकारी दिए। वडा नम्बर १ मा आठ, २ मा २५ र ४ मा २० पशुचौपायामा यो रोग देखिएको हो । दुई हप्ता अगाडि देखिएको यो रोगबाट गाई र गोरु बढी सङ्क्रमित भएका छन् । नब्बे प्रतिशत गोरु र १० प्रतिशत गाईमा यो रोग देखिएको छ ।

यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिँगान काँड्ने, गर्भीणी पशु तुहिने र दुहुनो गाईले दूध कम दिने समस्या देखा पर्ने गर्दछ । सङ्क्रमण बढेपछि पशुचौपाया मर्नेसमेत गर्दछन् ।

रोग नियन्त्रण बाहिर गइसकेकाले प्राथमिक उपचार सुरु गरिएको प्रमुख साउँदले बताए। यो रोग निको पार्नेसम्बन्धी कुनै सुई छैन । उनले भने, “उक्त रोगबाट ग्रसित रहेका पशुका लागि ठोस उपचार छैन, सामान्य एन्टिबायोटिक दिने काम सुरु गरेका छौँ, बेटाटिन तथा ड्रेसिङ पनि गर्ने गरेका छाँ ।” यो रोग लागिसकेपछि पशु चौपायालाई कम्तीमा २१ दिन क्वारेन्टिनमा राख्नुपर्ने बताइएको छ । सङ्क्रमण बढिरहेको भए पनि हालसम्म पशु भने मरेका छैनन् ।

पशुचौपायामा यो रोग फैलिएको बारे पशु सेवा विज्ञ केन्द्र पाटन बैतडी, प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । यो रोगले थप समस्या लिनसक्ने भएकाले नियन्त्रणका लागि पहल थालिएको हो ।

लम्पी भाइरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको होे । यसपछि चितवनमा देखा परेको सो रोग बैतडीको शिवनाथमा पनि देखा परेको जनाइएको छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ ।

यो रोग झिङ्गा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ ।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !