काठमाडौं । सरकारले सामाजकल्याण परिषद्का सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई निलम्वित गरेको छ । भ्रष्टाचार गरेको आरेपलाई उनलाई निलम्वन गरिएको हो । मंगलबार समाजकल्याण परिषदले उनलाई निलम्बव गरेको जनाएको छ । उनको स्थानमा रक्षा मन्त्रालयका सहसचिव बीरबहादुर राईलाई नयाँ जिम्मेवारी दिएको छ ।
भट्टमाथि र पदीय दुरुपयोग गरेको, स्वदेशी तथा विदेशी गैरसकारी संस्थासँग पैशा लिने गरेको र पदीय जिम्मेवारी बहन नगरेको भने उजुरी परेको जनाइएको छ ।
परिषदका लागि गाडी खरिद गर्दा लाखौं कमिसन लिने गरेको, परिषदका कम्प्युटर, फ्रिज जस्ता सामान आफ्नो घर लैजाने गरेको, भृकुटीमण्डपस्थित फनपार्क मेला सञ्चालकसँग मिलेमतो गरेर मासिक रकम असुल्ने गरेको, परिषदको बैठकका निर्णय केरमेट गरी सच्याउने गरेको लगायतका उजुरी मन्त्रालयमा परेको छ ।
उनकै पहलमा गृहमन्त्री रामबहादुर थापाले गैरसरकारी संस्थालाई नियन्त्रण गर्ने गरी आदेश जारी गरेको थियो । पछि बिरोध भएपछि फिर्ता लिएको छ ।