गरिखान सक्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष व्यवसायीको माग

आजभोलि

सुरुङ्गा (झापा) । कोशी प्रदेशका व्यवसायीले सरकारसमक्ष आफूलाई गरिखान सक्ने वातावरण सिर्जना गर्न माग गरेका छन् । झापाको बिर्तामोडमा आजदेखि सुरु भएको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको पाँचौँ प्रदेशसभामा सहभागी व्यवसायीले राज्यलाई खर्बौँ कर तिर्ने व्यवसायी अहिले सडकमा आउँदा राज्य मौन बसेको दुःखेसो पोखे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष चण्डीराज ढकालले राज्यले अब पनि व्यवसायीलाई नहेर्ने हो भने सडकमा उत्रनुको विकल्प नरहेको बताए । उनले भने, “कोरोना कहरका कारण सुस्ताएको व्यवसाय अहिले आर्थिक मन्दीका कारण झन धरासायी बनेको छ । यस्तो अवस्थामा राज्य आफैँ अभिभावक बनेर व्यवसायीको हितमा लाग्नुपर्नेमा व्यवसायी राज्यविहीनताको अवस्थामा पुग्नु आफैँमा दुःखद् पक्ष हो ।”

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश अध्यक्ष टीकाराज ढकालले आठ प्रतिशतमा लिएको कर्जाको ब्याज बढेर १६ प्रतिशतसम्म पुग्दा पनि सरकार मौन बस्नु आफैँमा गैरजिम्मेवारीपन भएको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमियाले बैंक तथा वित्तीय क्षेत्रले ब्याजदर बढाएर व्यवसायीको ढाड सेक्ने काम गरेको बताए । उनले भने, “व्यापार व्यवसाय घटेर ४० प्रतिशतमा आएको छ तर ब्याजदर भने दिनानुदिन बढिरहेको छ, यो भन्दा ठूलो विडम्बना व्यवसायीका लागि के हुन सक्छ ?”

नयाँ नेतृत्व चयनका लागि भएको उद्घाटन सत्रमा बोल्ने अधिकांश सहभागीले आर्थिक मन्दीले व्यवसायमा ठूलो असर परेको र नयाँ नेतृत्वले व्यवसायीका समस्या निराकरणका लागि पहल गर्नुपर्ने बताए । नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, धनकुट्टा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय सन्तोषी राई, बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, कोशी प्रदेश सदस्य कुमार भट्टराईलगायतले शुभकामना मन्तव्य रखेका थिए ।

  • ९ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !