योजनाका काम समयमै सम्पन्न गर्न निर्देशन

आजभोलि

काठमाडौँ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका महत्वपूर्ण योजना वर्षाअघि नै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने सङ्घ, प्रदेश र उपमहानगरपालिकाको लगानीमा सञ्चालित योजनाको आज अनुगमनका क्रममा उनले निर्माणाधीन योजना वर्षाअघि नै सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

बुटवलको गोलपार्कदेखि योगीकुटीसम्मको प्रमुख राजमार्ग क्षेत्र, योगीकुटीदेखि कालिका पथ क्षेत्र र रानीगञ्जसम्मका सडक, पर्खाल र निर्माणाधीन योजनाको अनुगमन गर्दै प्रमुख पाण्डेयले निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराए । उनले बजेट विनियोजन भएका योजना समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिश गर्ने बताए ।

यस्तै उपमहानगरपालिकाको टोलीले तिनाउ नदीकिनार क्षेत्रको अनुगमन गर्दै नदीजन्य पदार्थको चोरीनिकासी रोक्नका लागि नियमित अनुगमन गर्न टोली खटाइएको छ । बुटवलतर्फको नदीकिनार क्षेत्रबाट चोरीनिकासी बढेको पाइएकाले चोरीनिकासी रोक्नका लागि टोली खटाइएको नगरप्रमुख पाण्डेयको भनाइ छ ।

“सीमावर्ती स्थानीय तहमा निर्माण भइरहेका संरचना तथा निर्माण कम्पनीको निगरानी गरी स्थानीय तहसँग छलफल गरेर नियमनमा ल्याउनेयोजना छ”, उनले भने ।

प्रमुख पाण्डेयले नदीजन्य पदार्थको चोरीनिकासी रोक्नका साथै वर्षामा बाढी र कटानबाट हुने क्षति कम गर्न योजना महाशाखा र विपद् शाखालाई निर्देशन दिए ।

  • १० चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !