बझाङ सदरमुकाम चैनपुरलाई गिज्याउने यस्तो तस्बिर

आजभोलि

अर्थ जङ शाही
बझाङ । बझाङको सदरमुकाम चैनपुर रिङरोड यतिबेला हिलाम्मे सडक भएको छ ।

त्यसमा पनि मेयरको घर जाने बाटो । कस्तो होला ? सबैलाई लाग्छ, ‘फराकिलो र चिल्लो पिच होला । दुईतिर नाली होला । सरर गाडी गुड्छ ।’

बझाङ जयपृथ्वी नगरपालिकामा पनि यस्तै छ भन्ने तपाईंले सोच्नु भएको छ भने तपाईं गलत सावित हुनुभयो । नेपाली कांग्रेसका नेता तथा बझाङ जयपृथ्वी नगरपालिका मेयर चेतराज बजाल मेयर भइसकेपछि घर जान–आउन त्यही बाटो प्रयोग गर्छन् भने जयपृथ्वी नगरपालिका–१० का वडा अध्यक्ष पुष्प सिंह पनि त्यही बाटो बिहान सांझ हिड्डुल गरिराख्छन् । तर बाटोको दुर्दशा हेर्दा त्यो सडक कुनै विकासमा सबैभन्दा पछि परेको बस्ती जाने जस्तो छ । वर्षको बाह्रै महिना हिलो हुने त्यो सडकमा खाल्डाखुल्डीको ठेगान छैन । “जहिले पनि पानी र हिलोले गर्दा त्यो सडकमा हिँड्ने नागरिकले पाउनुसम्म दुःख पाउँछन्,” स्थानीय बाजिलाल शाहीले भने, “कैयौं पटक म आफै पनि हिलोमा परेको छु । बजार, कार्यालय जान भनेर हिँंडेका मानिस, स्कुल जान हिंडेका विद्यार्थीका खुट्टाभरि हिलो हुन्छ । कहिले त गाडी, मोटरसाइकल आउँदा उनीहरूको जिउभरि हिलो छ्यापिन्छ ।”

सदरमुकाम चैनपुर कहिले हिलो त कहिले नालीको फोहोर पानीले‌ सडकमा नागरिकले वर्षौंदेखि दुःख खेप्दै आएको भए पनि जयपृथ्वी नगरपालिका त्यसलाई बनाउन चासो दिएको छैन ।

यतिसम्म यि तस्बिरले नगरपालिका लाई गिज्याउदा सम्म पनि नगरपालिकाले भने कुनै पनि चासो नदेखाएको चैनपुरबासीको आरोप छ ।

  • १३ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !