वर्षा भएपछि किसान उत्साहित

आजभोलि

फुङ्लिङ । लामो समयसम्म वर्षा नहुँदा सास्ती खेप्दै आएका ताप्लेजुङका किसान अहिले भने उत्साहित भएका छन् । प्रायः प्रत्येक साँझ–बिहान वर्षा भएसँगै अन्नबाली फष्टाउन सहयोग पुग्ने भएपछि किसान उत्साहित भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का सन्तकुमार लिम्बू अहिले अलैँची बगानमा सिँचाइ गर्न नपरेकाले बिहीबार सदरमुकाम फुङ्लिङ बजारमा आइपुगे ।

कात्तिकको तेस्रो सातादेखि उहाँ प्राय अलैँची बगनामै बिहानदेखि बेलुकासम्म अलैँची बगानमै व्यस्त हुने गरे पनि गत सातादेखि दैनिकजसो साँझ–बिहान वर्षा भएसँगै उनलाई फुर्सत मिलेकाले अहिले सदरमुकाम आएका हुन् । सोही गाउँका बसन्त फेम्बू पनि अहिले फुर्ददिलो भए । नियमित वर्षा हुन थालेसँगै पानी पटाउन नपरेकाले आफूलाई पनि फुर्सत मिलेको उनले बताए ।
पहाडी क्षेत्रका किसान अहिले अन्न छर्न व्यस्त छन् । विशेष गरेर फागुन तेस्रो सातादेखि वैशाखसम्म मकै रोप्ने गरिन्छ। पहाडी क्षेत्रको मुख्य बाली मकै हो ।

मकै रोप्ने समय साँझ बिहान वर्षा हुन थालेसँगै यहाँका किसानमा ठूलो राहात मिलेको सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खेका रणबहादुर लिम्बूले बताए । उनले भने,“मकै रोप्ने समयमा वर्षा हुनथालेको छ । यसवर्ष राम्रो अन्न उत्पादन होलाजस्तो छ ।” लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएपछि चिन्तित भएका मेरिङदेन गाउँपाकिाका–६का विमना लिम्बू पनि वर्षा भएकाले अहिले भने उत्साहित भएका छन् ।

लामो समयसम्म सुख्खा मौसम रहेसँगै पछिलो समयमा वर्षा हुन सुरु भएकाले यहाँका किसान भने खुशी भएका छन् । हिउँदेबालीमा सिँचाइ पुगेकाले अन्न उत्पादनमा कमी नहुने फक्ताङलुङ गाउँपालिका–६ विर्ख लिम्बूको भनाइ थियो । लामो समयसम्म वर्षा नहँुदा हिउँदेबाली लगाउन किसान निकै चिन्तित भएकामा अलिक ढिलो भए पनि वर्षा भएकाले चिन्ता उत्साहामा रुपान्तरण भएको किसान उनले बताए । लामो समयसम्म हिमपात र वर्षा नहँुदा पशुचौपायको आहारामा समेत समस्या हँुदै आएको थियो । सुख्खा समयमा घाँसपात सबै सुकेर गएसँगै पशुपालकहरुलाई सास्ती खेप्नु परेको थियो ।

विगतका वर्षहरुमा समयमै हिमपात र वर्षा भएकामा यस वर्ष भने हिमाली क्षेत्रमा खासै हिमपात र वर्षा पनि भएन । हिमपात र वर्षा नहँुदा चौँरी–याक पालकलाई निकै चिन्ता भएको याक पालक फक्ताङलुङ गाउँपालिका–७ याङमा गाउँका ढावा शेर्पाले बताए ।

  • १३ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !