निःशुल्क माटो परीक्षण पछि किसान खुसी

आजभोलि

काठमाडौं । कमलामाई नगरपालिका–७ बर्देउटारमा निःशुल्क माटो परीक्षण गरिएको छ । कृषि विशेषज्ञसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरको आयोजनामा माटो परीक्षण गर्दा किसान खुसी भएका हुन् ।

माटोको उर्वराशक्ति पत्ता लगाई माटोमा अम्लिय र क्षारियपना पत्ता लगाउन शिविर आयोजना गरिएको कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरका प्राध्यापक डा कृष्णविलाश अधिकारीले जानकारी दिए । खेतमा किसान, विद्यार्थी र कृषि विशेषज्ञसहितको टोलीको सो कार्य गरेको हो ।

शिविरमार्फत तरकारी र अन्नबालीका लागि माटो उपयुक्त छ या छैन भनी परिक्षण र किसानलाई परामर्श दिइएको थियो । किसानलाई कम्पोष्ट, युरियामल, पोटास, कृषि चुन कसरी प्रयोग गर्ने भनेर जानकारी गराइएको थियो । खाद्यान्न उत्पादन वृद्धि गर्ने लक्ष्यसहित बागमती प्रदेशका तीन जिल्लामा माटो परीक्षण शिविर सञ्चालन गरिएको हो ।

माटो परीक्षण गर्दा नाइट्रोजन कम, फस्फोरस मध्यम र पोटास उच्च पाइएको कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरका माटो विज्ञ कृष्ण अर्यालले भने । किसानले युरिया मलको मात्र प्रयोग गर्दा माटोमा अम्लियपना बढी हुने र खाद्यतत्व उत्पादनमा कमी हुँदै जाने उनको भनाइ थियो ।

बदर्उेटार, डाँडाटोल, खैरेनी र माझीटारमा रहेका खेतीयोग्य जमिन मकै र धान बाली उपयुक्त हुने उनले बताए । किसानलाई जग्गाको क्षेत्रफलअनुसार युरिया, डिएपी र पोटास मल प्रयोग गर्न सल्लाह दिइएको थियो । बर्देउटारका कृष्णबहादुर कार्कीले पहिलो पटक माटो परीक्षण गराएको बताए । माटो परीक्षण गर्न प्रतिकिसान रु पाँच सय लाग्ने र निःशुल्क माटो परीक्षणसँगै कृषि विज्ञसमक्ष आफ्ना समस्या राख्न पाउँदा खुसी लागेको उनको भनाइ थियो ।

  • १३ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !